सुनचाँदी व्यवसायीमैत्री नीति नियम तथा कानून बनाउन माग

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कानून प्रबन्ध गर्न वाणिज्य मन्त्रालयलाई समितिको निर्देशन

काठमाडाैं | जेठ ८, २०८२

सुनचाँदी व्यवसायीमैत्री नीति नियम तथा कानून बनाउन माग

काठमाडौं:  नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले व्यवसायीहरूको समस्या, चुनौती तथा समाधानसहितको अध्ययन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई बुझाएको छ । 

 

नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा सभापति अब्दुल खानलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो ।

 

बैठकको क्रममा बोल्दै अध्यक्ष सुनारले व्यवसायीहरूले भोग्नुपरेका समस्याहरूसँगै समाधानका उपायबारे धारणा व्यक्त गरे ।

 

उनले सुनचाँदी व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्र दरिलो बनाउन समयसापेक्ष ऐन तथा नियमको आवश्यकता रहेको उल्लेख गरे ।

 

 

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कानून प्रबन्ध गर्न वाणिज्य मन्त्रालयलाई समितिको निर्देशन

 

सुनचाँदी व्यवसायी महासंघहरुको विभिन्न चरणका छलफल तथा बैठकपछि बुधबारको बैठकबाट सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कानून प्रबन्ध गर्न समितिले वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

 

संसदीय समितिले उद्योग, वाणिय तथा आपूर्ति मन्त्रालयलाई सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने, सुनचाँदी, हिरा, जवाहरात तथा बहुमूल्य धातुको आयात प्रणालीलाई व्यवस्थित गर्ने, धातुजन्य तयारी गरगहनाको निर्यात प्रवद्र्धन गर्ने, खरिद तथा विक्रीलाई डिजिटल प्रणणलीमा आवद्ध गर्ने लगायतका विषयमा कानूनी प्रबन्ध गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

 

 

सोहीबीच वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी व्यवसाय व्यवस्थापन र नियमन सम्बन्धी मन्त्रालयको प्रतिवेदन संसदीय समितिका सभापति अब्दुल खानलाई हस्तान्तरण गरे । 

 

सो अवसरमा बोल्दै वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी गरगहना कारोबार र गुणस्तरका लागि सरकार शून्य सहनशीलताका साथ अगाडी बढ्ने बताएका थिए । 

 

मन्त्री भण्डारीले सुनचाँदीसँग सम्बन्धित कानून निर्माणको क्रममा रहेको उल्लेख गरे । 

 

 

यस्तै बैठकमा सहभागी सांसदहरुले सुनचाँदी कारोबार सम्बन्धी कानून याथाशिघ्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।

 

छलफलमा समितिका सभापति एवं सदस्यहरुको साथै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी लगायत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल राष्ट्रिय सुनचाँदी कालीगढ संघका प्रतिनिधिहरु लगायतको सभागिता रहको थियो ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्